कुवेत दुर्घटना अपडेट : बाँकी रहेका दुई जनाको पनि सनाखत

डिसी नेपाल
४ फागुन २०७६ २०:३४

कुवेत । कुवेतको निर्माणस्थलमा दुर्घटना हुँदा मृत्यु भएका अन्य २ जना नेपालीको पनि पहिचान खुलेको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार सनाखत भएका २ जना रोल्पाका राजु रोकामगर र नवलपरासीका पूर्णबहादुर सुनसरी मगर रहेका छन् ।

गएको बुधवार दिउँसो कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसी मार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका युनिभर्सल लिडर्स एण्ड जेनेरल कन्स्ट्रक्टिङका कामदारहरू दुर्घटनामा परेका थिए ।

दुर्घटनामा ६ जनाले ज्यान गुमाउनुका साथै २ जना घाइते भएका थिए । ज्यान गुमाएका पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको गत हप्ता नै सनाखत भएको थियो ।

यस्तै दुर्घटनामा घाइते भएका धर्मेन्द साहको उपचार भइरहेको छ भने अर्का घाइते मनोरथ मण्डल उपचारपछि कम्पनीको क्याम्पमा फर्केका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *