यो हो प्रधानमन्त्री ओलीको जन्म घर, ६९ औं जन्मदिनको हुँदैछ भव्य तयारी
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९ औं जन्म दिन आफू जन्मेको तेह्रथुमको आठराईको इवा गाउँस्थित घरमा मनाउँदै छन्।
प्रधानमन्त्री ओलीले आफू जन्मेकै घरमा जन्म दिन मनाउने इच्छा गरेपछि अहिले इवा गाउँमा चहलपलह नै बढेको छ। यही फागुन ११ गते प्रधानमन्त्री ओली ६८ वर्षको पुग्दैछन्। इवा गाउँस्थित यो घरमा ओली बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको पुत्रका रुपमा जन्मिएका थिए।
पछि ओली झापा बसाईँ सरेका थिए। यो बीचमा इवाको ओली जन्मेको घर बेचेको र प्रधानमन्त्री भएपछि फेरि किनेको बताइएको छ।
प्रधानमन्त्री ओली ११ गते इवा गाउँ पुग्ने भएपछि त्यहाँ सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। घर नजिकै हेलिकोप्टरका लागि हेलिप्याड बनाइएको छ। तेह्रथुमका प्रमुख जिल्ला अधिकारी सो स्थानमा पुगेर सुरक्षा व्यवस्थाबारे जानकारी लिएको तस्वीर नेकपा तेह्रथुमका नेता भीम घिमिरेले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
आइतबार प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्ला प्रमुखहरु र पार्टीका नेताहरु इवा गाउँ पुगेर ओलीको जन्म घरबारे जानकारी लिएका छन्। र जन्म दिन मनाउनेबारे तयारी गरेका छन्। सो घरलाई रिइनोभेशन पनि गरिएको छ।
Facebook Comment