चोरीको मोटरसाइकलसहित दुई पक्राउ

डिसी नेपाल
४ फागुन २०७६ २२:३६

काठमडौं । चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुई जनालाई आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ थाँक्रेका विमल तामाङ र सानुकान्छा तामाङ रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक जनाले माघ २८ र अर्का मोटरसाइकल धनीले ३० गते मोटरसाइकल हराएको भन्दै निवेदन दिएका थिए ।

प्रहरीले विमललाई ललितपुरको एकान्तकुनाबाट र सानुकान्छालाई धादिङको सिम्लेफाँटबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलसमेत बरामद गरेको छ । यस्तै अर्को दुई चोरीको मोटरसाइकलसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *