कोरोना भाइरबाट ज्यान जानेको संख्या १७ सय नाघ्यो, जापानमा डाक्टरसहित ४ सय बढी संक्रमित

डिसी नेपाल
५ फागुन २०७६ ८:१८

काठमाडौँ । करिब एक महिनादेखि चीनमा व्यापाक रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्न थालेको छ । आइतबार चीनमा कोरोना भाइरसको संक्रमणबाट १०० जनाको ज्यान गएको चाइना डेलीले जनाएको छ ।

हालसम्म चीनमा कोरोना भाइरसबाट ७० हजार ५ सय ४८ जना संक्रमित भएको र १७ सय ७० जनाको ज्यान चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि शनिबार मात्रै चीनमा कोरोना भाइरसबाट १४२ जनाको ज्यान गएको थियो ।

चीन बाहिर कोरोना भाइरसबाट सोमबार बिहानसम्म जापानमा २, हङ्कङ्मा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म २५ देशमा फैलिएको कोरोना भाइरसबाट एक हजार बढी मानिसहरु संक्रमित भएका छन् ।

चीन बाहिर सबैभन्दा बढी संक्रमित जापानमा फेला परेका छन् । सोमबार बिहानसम्म जापानमा ४ सय बढी संक्रमित फेला परेका छन् । आइतबार मात्रै जापानमा डाक्टरसहित ६ जना संक्रमित फेला परेका थिए ।

यस्तै कोरोना भाइरसको अति प्रभावित क्षेत्र हुबेई प्रान्तमा रहेका १७५ जना नेपालीलाई नेपाल ल्याएर १५ दिनका लागि क्वारेन्टाइनमा राशिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *