पत्रकार कमल पौडेलको सहयोगार्थ पहिलो दिननै २ हज़ार डलर उठ्यो , २० हजार डलर उठाउने उदेश्यले साताव्यापी अभियान चलाइने

डिसी नेपाल
५ फागुन २०७६ १६:३०

डिसी नेपाल

भर्जिनिया, अमेरिका । व्लड क्यान्सरवाट पीडित मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेलको उपचारमा सहयोग पुर्याउने उदेश्यले वनाइएको गोफन्डमीमा पहिलो दिननै २ हजार डलर उठेको छ । २० हजार डलर उठाउने लक्ष्यका साथ वनाइएको गोफन्डमीमार्फत फेव्रुअरी २३, २०२० सम्म सहयोग गर्न सकिने छ । व्लड क्यान्सरको उपचारको लागि अहिले पत्रकार पौडेललाई सिभिल हस्पिटल मीनभवनमा भर्ना गरिएको छ । उहांको उपचारका लागि करिव ३० लाख रुपिंया लाग्ने अस्पतालले वताएको छ ।

गोफन्डमीमार्फत आइतवार सहयोग गर्नेहरुमा अमेरिकाको भर्जिनियावाट अग्नी खरेल ५ सय डलर, किशोर सापकोटा ५ सय डलर, भर्जिनियावाट डिसी नेपालका सम्पादक उमेश शर्मा १०१ डलर, पत्रकारहरु सुनिल दाहाल १ सय डलर, विष्णु शीतल १ सय डलर, गुणराज लुइटेल र सीता लुइटेल ५० डलर र पेन्सिलभेनियावाट लक्ष्मी घिमिरे १ सय डलर र भर्जिनियावाट सामाजिक अभियन्ता पर्शुराम भण्डारी १० डलर हुनुहुन्छ ।

पत्रकार पौडेललालाई गोफन्डमीको यो लिंक ….मा गएर सहयोग गर्न सवैलाई अपिल गरिन्छ ।

डिसी नेपाल डटकम, इनेप्लिज डटकम र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा संयुक्त रुपमा सहयोगको लागि गोफन्डमी खाता खोलिएको हो ।

पत्रकार पौडेलको सहयोगार्थ पहिलो दिननै १ हजार ५ सय ६६ डलर उठ्यो, २० हजार डलर उठाउने उदेश्यले साताव्यापी अभियान चलाइने

https://www.gofundme.com/f/help-journalist-kamal-poudel?utm_source=facebook&utm_medium=social&utm_campaign=m_pd+share-sheet




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *