महरा रिहा हुने भएपछि डिल्लीबजार कारागारअगाडि ठूलो भीड, हेर्नुहोस् ७ तस्वीर

डिसी नेपाल
५ फागुन २०७६ १५:४१

काठमाडौं। जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएसँगै उनको स्वागत गर्न डिल्लीबजार कारागारमा ठूलो भीड जम्मा भएको छ । महराका परिवार र आफन्तसँगै नेकपाका नेता कार्यकर्ताहरु ठूलो संख्यामा कारागारअगाडि जम्मा भएका छन् ।

उनलाई आज काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेको हो । यसँगै उनलाई डिल्लीबजार कारागार लगिएको थियो । अदालतको पत्र कारागार पुगेपछि कारागारले आवश्यक प्रक्रिया पूरा गरेर महरालाई रिहा गर्नेछ । महरामाथि आफ्नै कार्यालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी प्रयास गरेको आरोप लागेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले अभियोगका लागि प्रमाण नपुग्ने ठहर गर्दै महरालाई रिहा गर्न अन्तिम आदेश दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *