हेल्मेट नलगाइ कार चलाएको भन्दै ५०० रुपैयाँ जरिवाना !

डिसी नेपाल
६ फागुन २०७६ ९:५६

काठमाडौं। भारतमा नयाँ ट्राफिक कानुन लागू भएपछि नियम तोड्ने सवारी चालकलाई भारी जरिवाना तिराउन थालिएको छ । तर, जरिवाना तिराउने चक्करमा ट्राफिक पुलिसका अनेकौं चर्तिकला पनि सार्वजनिक भइरहेका छन् । यस्तैमा अहिले उत्तर प्रदेशको हमीरपुरको एउटा घटना चर्चाको विषय बनेको छ । यहाँको पुलिसले एक चालकलाई हेल्मेट नलगाइ कार चलाएको भन्दै जरिवानाको चालान काटेपछि यो विषय चर्चामा आएको हो ।

आज तकको समाचार अनुसार जिल्लाको ललपुरा थानाले मानना गाउँका प्रशान्त तिवारीको नाममा यस्तो चालान काटेको हो । तिवारीले युपी ९२ एन ४६३६ नम्बरको बोलेरो कार हेल्मेट नलगाइ चलाएको भन्दै चालान काटिएको हो । यसअघि पनि यस्ता घटना सार्वजनिक भइसकेका छन् । यसअघि हमीरपुरमै पुलिसले एक स्कुटर चालकलाई सिट बेल्ट नलगाइ स्कुटर चलाएको भन्दै चलान काटेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *