अञ्जलीसँग कस्तो माया माग्दैछन् गजित ?

डिसी नेपाल
६ फागुन २०७६ १२:०१

काठमाडौं। ‘यस्तो माया गर मलाई’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गायक भुवन अधिकारीले यो गीत गाएका हुन्। गीतमा प्रकाश स्पर्शको शब्द, मुस्कान बलम्पाकीको संगीत सुन्न सकिन्छ।

-गायक भुवन अधिकारी

गीतका गायकअमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका छन्। त्यस्तै गीतकार केन्टकी र संगीतकार क्यालिफोर्नियामा बस्दै आएका छन्। सान फ्रान्सिस्कोमा रेकर्ड गरिएको गीतको भिडियो तीन दिन अगाडी युट्युमार्फत सार्वजनिक गरिएको हो।

भिडियोलाई सुशील पंगेनीले निर्देशन गरेका छन्। नायक गजित विष्ट र मोडल अञ्जली अधिकारीको केमेष्ट्रि भिडियोमा हेर्न सकिन्छ। श्रीमानले आफ्नो जीवनसंगीनीबाट कस्तो माया र साथको अपेक्षा गरेको हुन्छ? गीतमा व्यक्त गरिएको छ।

सुमन कुमार टण्डुकारको छायांकन रहेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन्।

भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *