वेष्ट ईण्डिजका खेलाडी थोमस चढेको कार दुर्घटना
एजेन्सी । वेष्ट ईण्डिजका फास्ट बलर ओसेन थोमस कार दुर्घटनामा परेका छन्। उनी चढेको कार आईतबार दुर्घटनामा परेको हो। थोमसका कार अर्को कारसँग ठोँक्किदा पल्टिएको थियो।
दुर्घटनाबाट उनलाई सामान्य चोट लागेको र अहिले उनी आराम गरिरहेको आईसीसीले जनाएको छ। दुर्घटनाबाट बेहोस भएका उनलाई नजिकैको अस्पताल पुर्याँउदा बाटोमा होस आएको बताईएको छ। वेष्ट ईण्डिज खेलाडीसंघले एक विज्ञप्ति जारी गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
तीव्र गतिमा बलिङ गर्ने उनले वेष्ट ईण्डिजबाट सन २०१८ मा भारतविरुद्ध डेब्यू गरेका थिए। यस्तै उनले २०१९ को आईपीएलमा राजस्थान रोयल्सबाट खेलेका थिए। थोमसलाई २०२० को आईपीएलमा राजस्थानले ५० लाखमा खरिद गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment