हातहतियार मुद्दाका तीन अभियुक्तलाई कैद

डिसी नेपाल
७ फागुन २०७६ ६:४२

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीबाट पेस्तोलसहित पक्राउ परेका चारमध्ये तीन जनालाई जिल्ला अदालत तनहुँले कैद फैसला गरेको छ।

जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सोही ठाउँ बस्ने नरेन्द्र गुरुङ, प्रेयेशु भन्ने बुडुजा पुनलाई जनही छ महिना कैद र रु पाँच हजार, विपीन पुनलाई तीन महिना कैद र रु चार हजार जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले मङ्गलबार जानकारी दिए ।

सोही मुद्दामा पक्राउ परेका माहिला भन्ने अनुप घतानेले अदालतबाट सफाइ पाएका छन्।

नर्सरीस्थित कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेको अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई गत वैशाख २५ गते पक्राउ गरेको थियो।

प्रहरीले उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सय ग्राम गाँजासमेत बरामद गरेको थियो।

निजहरुविरुद्ध बिनाइजाजत हातहतियारको कारोवार गरेको अभियोगमा गत जेठ १६ गते अदालतमा मुद्दा दायर भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *