कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

डिसी नेपाल
७ फागुन २०७६ ९:५५

काठमाडौँ । चीनमा बुधबार बिहानसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ ।

मंगलबार मात्रै चीनमा कोरोना भाईरसका कारण १३६ जनाको ज्यान गएको छ। यो सँगै चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार ४ पुगेको छ ।

पछिल्लो समय चीन बाहिर पनि कोरोनाको संक्रमण बढ्न थालेको छ । चीन बाहिर सबैभन्दा बढी जापानमा संक्रमित फेला परेका छन् । जापानमा हालसम्म ५ सय २० जना संक्रमित फेला परेका छन् ।

यस्तै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७५ हजार नाघेको छ। मंगलबार चीनमा १७४९ जना नयाँ संक्रमित भेट्टिएका छन् ।

यसैगरी टोकियो नजिक सागामिहारा शहरको एक अस्पतालमा कार्यरत कर्मचारीको कोरोना भाईरसको संक्रमणबाट ज्यान गएको छ ।

यसबारेमा अस्पतालले पुष्टि गर्न बाँकी रहेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छटन् । चीनबाहिर फिलिपन्स, हङकङ र फ्रान्समा एक एक तथा जापानमा २ जनाको ज्यान गएको छ।

यस्तै चीनको हुबेई प्रान्तबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपालीलाई १५ दिनका लागि क्वारेन्टाइनमा राखिएको छ। दुई दिनको स्वास्थ्य परिक्षणमा उनीहरुको कोरोना भाइरसको कुनै संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *