५३ वर्षीया महिलाको ब्रेन सर्जरी गर्दै गर्दा होश आयो, अनि अपरेशन नसकिएसम्म…

डिसी नेपाल
७ फागुन २०७६ ९:३८

लन्डन। बेलायतको लन्डनस्थित किंग्स कलेज अस्पतालमा सर्जरीको इतिहासमा नयाँ घटना भएको छ। अपरेशन थिएटरमा ५३ वर्षीया ड्यागमर टर्नर भाइलन बजाउँदै गरिन् र डाक्टरले उनको अपरेशन गर्दै गरे।

अपरेशन गरेर डाक्टरले टर्नरको टाउकोको ट्युमर निकालेका थिए। ६ घण्टाको अपरेशनको बीचमा टर्नरको होश आएको थियो। त्यसपछि उनले भाइलन बनाउन थालिन्। उनले भाइलन बनाउँदै गर्दा डाक्टर भने अपरशन गर्दै थिए।

सर्जरीको बीचमा ड्यागमर टर्नरको होश आउन थाल्यो र उनलाई भाइलन बनाउन दिने आइडिया डाक्टरले निकालेका थिए। न्यूरोसर्जन प्रोफेसर कोयोमार्स शकनका अनुसार करिव ९० प्रतिशत ट्यूमर निकालिएको छ, र अहिले उनको अवस्था समान्य रहेको छ। बेलायतको किंग्स अस्पतालमा ब्रेन ट्यूमरको ठूलो सेन्टर छ। जहाँ प्रत्येक वर्ष ४०० सर्जरी हुन्छन्।

कायोमार्स शकनका अनुसार ड्यागमर टर्नरलाई २०१३ मा ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो।  भाइरल ड्यागमर टर्नरको शोख हो। उनी दश वर्षको उमेरदेखि नै भाइलन बनाउँथिन्। उनी वाइट सिंफनी आर्केस्ट्रा र अन्य केही ग्रुपमा भाइलनको प्रस्तुती दिन्छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *