नमस्ते ब्याण्डको विश्व सङ्गीत महोत्सव बाराहीघाटमा

डिसी नेपाल
७ फागुन २०७६ १०:१५

कास्की । नमस्ते ब्याण्डले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसर पारेर महाशिवरात्रिका दिन पोखरामा १५औँ संस्करणको विश्व सङ्गीत महोत्सव गर्ने भएको छ।

गीत–सङ्गीतको विकासका लक्ष्यसहित फागुन ९ गते यहाँ पर्यटकीय क्षेत्र लेकसाइडको बाराहीघाटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्ड तथा नेपालका चर्चित कलाकारको प्रस्तुतिसहित सङ्गीत महोत्सव गर्न लागिएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोज ईश्वर गुरुङले जानकारी दिए ।

सो ब्याण्डको स्थापना ३० वर्षअघि भएको हो। जापानबाट पहिलोपटक नेपालको पहिलो गीति सिडी एल्बम (एकता) को बिक्री गरी नेपालको पहिलो ब्याण्डका रूपमा परिचित भएको थियो।

महोत्सवमा पिजेपिस जोइन्ट ब्याण्ड (अमेरिका), नमस्ते ब्याण्ड (जापान र नेपाल), रन युनिटी (लाइन स्टार) युके, बमशिव मिनामी जापान, हिता ग्रुप (तिब्बत, एनइओ प्रिज्म), १९७४ एडी, कुटुम्ब ब्याण्ड, सिवाज (कृपा फाउण्डेशन), प्रमोद निरवान्स एण्ड म्युजिक लिङ्कस् हिमालयन एण्ड कल्टिभेसन, श्री–थ्री ब्याण्ड र मिलन एण्ड द आर्टिष्टलगायतको प्रस्तुति महोत्सवमा रहने उनले जानकारी दिए ।

चर्चित गायिका दीप श्रेष्ठ, गङ्गा बर्दान, राजेश पायल राई, याम बराल, उदयमनिला र श्रेया सोताङ, उदेश श्रेष्ठ, चीरासिङ खड्का, प्रश्न पाण्डे, अमृता लिम्बू र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशलगायतको विशेष प्रस्तुति महोत्सवको आकर्षण रहेको बताइन्छ।

महोत्सवबाट सङ्कलित रकम पुम्दीकोटमा निर्माणाधीन शिवमूर्तिका लागि सहयोग गर्ने लक्ष्य राखिएको छ।

समुद्री सतहबाट पाँच हजार ६४३ मिटर उचाइको कालापत्तथरमा ‘वल्र्ड हाइयेष्ट पिक कन्सर्ट’ गरेर ब्याण्डको नाम गिनिजबुक अफ वल्र्ड रेकर्डमा लेखाउन सफल भएको बताइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *