गिरिजाप्रसाद स्मृति गोल्डकप फुटबलको उपाधि विराटनगरलाई
इनरुवा । यहाँ सम्पन्न दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरले पइनरुवा नगरपालिका र प्रतिविम्ब नेपालको संयुक्त आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगिताको फाइनल खेलमा बिन्दवासिनी फुटबलल क्लब विराटनगरले वीरगञ्ज युनाइटेड बारालाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै सो उपाधि हात पारेको हो।
इनरुवा खेल मैदानमा टिमका लागि जीत दिलाउन बिन्दवासिनी फुटबल क्लबका खेलाडी सम्राटले निर्णायक गोल गरेका थिए।
वीरगञ्ज युनाइटेड बारालाई पराजित गर्ने क्रममा अफ्रिकन मूलका खेलाडी सम्राटले दोस्रो हाफको २८ औँ मिनेटमा गोल गरेका थिए।
निकै नै प्रतिष्पर्धात्मक खेलमा सम्राटले बाराका खेलाडी र किपरलाई डिबक्समा झुक्याउँदै हेडिङमार्फत गोल गरेका थिए।
प्रतियोगिताको उपाधिसँगै विराटनगरले शिल्डसहित नगद रु दुई लाख र उपविजेतामा सीमित बाराले नगद रु एक लाख प्राप्त गरेका थिए।
विजेता टिम तथा खेलाडीलाई नगरप्रमुख राजन मेहता तथा उपप्रमुख जमुना गौतमसहितले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment