संचारमन्त्री बास्कोटाप्रति संचारकर्मी रवि लामिछाने आक्रामक

डिसी नेपाल
८ फागुन २०७६ ११:५६

काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ । समाचार बाहिरिएसँगै धेरैको क्रिया प्रतिक्रिया आइरहेका छन् । यही बीचमा संचारकर्मी रवि लामिछाने संचारमन्त्रीप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले संचारमन्त्रीले राजीनामा नदिए कार्यकक्षबाटै पक्राउ गरिनुपर्ने बताएका छन् ।

लामिछानेले ट्वीटरमा लेखेका छन् ‘बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरुको कर्तुतपनि हेर्दै जाउ, ३ वर्ष बाकी छ। कुरौ… नोट: प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ र अबिलम्ब छानबिन शुरु हुनु पर्छ।राजीनामा नदिए ‘कार्यकक्ष’बाटै पक्राउ गरिनु पर्छ ।’

लामिछानेले फेसबुकमा पनि यो ट्वीटमा केही कुरा थपेर लेखेका छन् । फेसबुकमा उनले लेखेका छन् ‘यि भ्रष्ट हुन्। प्रष्ट थियो, छ र रहिरहन्छ। प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्य एक गोकुल बाँसकोटा।गोकुल जी माथि छानबिन होईन के गरि बचाउने भन्ने छलफल चलेको देखिदैछ। बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरुको कर्तुतपनि हेर्दै जाउ,३ वर्ष बाकी छ। कुरौ…
नोट: प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ र अबिलम्ब छानबिन शुरु हुनु पर्छ। राजीनामा नदिए ‘कार्यकक्ष’ बाटै पक्राउ गरिनु पर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *