पोखरा फुटबल मैदानको काम ८० प्रतिशत सम्पन्न

डिसी नेपाल
८ फागुन २०७६ १२:२६

पोखरा । सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने योजना अनुसार पोखरामा निर्माण भईरहेको करिब १६ हजार ५ सय दर्शक क्षमताको पोखरा रंगशाला अन्र्तगतको फुटबल मैदानको ८० प्रतिशत निमार्ण काम सम्पन्न भएको छ।

सम्झौता अनुरुप कामको २० प्रतिशत मात्र काम बाकिँ रहेतापनी राष्ट्रिय खेलकुद परिषद् राखेपले २० हजार दर्शक क्षमताको बनाउने भने पछि थप ३ हजार ५ सय सिटको लागि समेत डिजाइन फाइनल अवस्थामा पुगेको छ।

प्यारापिट सहितको फुटबल मैदानमा चार वटा ब्लगहरु रहेका छन जसमध्ये ब्लग ए, सि र डि को सिट जडान समेत भइसकेको छ भने ब्लग बि को लागि ग्रान्ड स्ट्यान्ड राख्ने तयारी भईरहेको छ।

ए, सि र डि ब्लग गरि कुल १३ हजार सिट समेत जडान भइसकेको छ । भने डि ब्लगमा करिब साढे ३ हजार सिट जडान गर्न बाकिँ रहेको छ।

त्यस बाहेक ३ हजार ५ सय सिट थप जडान गरि २० हजार दर्शक क्षमताको बनाउने भन्ने योजना अनुरुप राष्ट्रिय खेलकुद परिषद् राखेप संग सम्झौता भएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले यो आयोजनाका लागी १ अर्ब २८ करोड २२ लाखमा ठेक्का सम्भौता गरेको हो।

यो आर्थिक वर्षमा नै सक्ने लक्ष्य राखिएको रंगशालामा साधारणका लागि १६ हजार ५ सय, १ सय २५ विशिष्ट र २५ अति विशिष्ट प्यारापिट निर्माण हुने भनिए पनि थप ३ हजार ५ सय सिट जडान गर्ने योजना अघि बढाइएको छ।

फुटबल मैदानमा चेञ्जिङ रुम, एथलेटिक्स ट्र्याक तथा मिडिया सेन्टर लगायतका पूर्वाधार हरुको पनी निर्माण गरिने छ।

फुटबल रंगशाला फिफाको मापदण्ड अनुसार हुने छ। प्यारापिटका लागि आवश्यक कुर्सी फ्रान्सबाट आयात गरिएको हो।

विसं २०४० सालमा निर्माण गरिएको फुटबल मैदानको विशिष्ट कक्ष २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति समेत पुगेको थियो।

त्यस लगतै साग लक्षित गरि फुटबल मैदान पुननिमार्णको काम अघि बढाइएको हो। त्सतै मैदानमा पानि हाल्नको लागि अत्याधुनिक रेन गनको प्रयोग गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *