त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब रोबोटमार्फत सेवा

डिसी नेपाल
८ फागुन २०७६ १२:५५

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोट मार्फत यात्रुलाई सेवा दिन थालिएको छ। संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार एक कार्यक्रमबीच रोबोट सेवाको उद्घाटन गरेका हुन्।

पर्यटन परी नाम दिइएको दुईवटा रोबोटहरुले बिमानस्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन्। त्यस्तै रोबोटमा सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउने छन्।

रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ। रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिषा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने छन्।

रोबोट सेवाको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधि मैत्री र आधुनिक बन्दै गएको बताए। उनले यात्रुहरुलाई बिमानस्थालको भिन्दै पहिचान दिने र नेपाल पनि प्रविधिमा फड्को मार्दैछ भन्ने सन्देश दिने बताए।

मन्त्री भट्टराईले रोबोट सेवा प्रभावकारी भएमा निर्माण हुँदै गरेका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्थापित गर्ने बताए। रोबोटको सञ्चालन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन वोर्ड र नेपाल नागरिक उड्डयान प्राधिकरणको संयुक्त प्रयासमा गरिएको हो। रोबोटको लागत प्रतिरोबोट २० लाख रुपैयाँ रहको छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब रोबोटमार्फत सेवा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *