पहिलो टेस्टमा भारतको खराब सुरुवात
काठमाडौं। भारतले न्युजिल्यान्ड बिरूद्ध सन् २०२० को पहिलो टेस्ट खेल वेलिंग्टन को बेसिन रिजर्वमा खेलिरहेको छ। श्रृंखलाको पहिलो खेलमा न्युजिल्यान्डका कप्तान केन विलियमसनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन।
भारतीय टीमले पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय २२ रन बनाएको छ । भारतीय टिमले आज रोहित शर्माको ठाउमा ऋषभ पंत लाई मौका दिएको छ । विलिङटनमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले घरेलु टिम न्युजिल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा खराब सुरुवात गरेको छ ।
भारतले पहिलो इनिङ्सको टी ब्रेकसम्म ५ विकेट गुमाएर १ सय २२ रन बनाएको छ । उसका अजिंका रहाने ३८ रनमा अविजित रहदा ऋषब पन्त १० रनमा अविजित रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment