महिलाले एन्टी कोरोनाभाइरस पाल बनाइन् ताकि छोरीले घरबाहिर निस्केर पढ्न सकुन्

डिसी नेपाल
९ फागुन २०७६ १३:५३

वुहान। चीनमा कोरोनाभाइरस संक्रमण फैलिएपछि अहिले त्यहाँका नागरिकले धेरै सास्ती खेप्नुसपरेको छ । स्कुल, कलेज, बजार, कार्यालय र यातायात बन्द छ । मानिसहरु घरमै कैद भएका छन् । उनीहरु घरबाटै काम गरिरहेका छन् । यसैबीच हुबेइ प्रान्तको एक दुर्गम गाउँमा निकै रोचक दृश्य देखिएको छ । यहाँकी एक महिलाले आफ्नी छोरीको अनलाइन कक्षाको लागि घरबाहिर एउटा एन्टी कोरोनाभाइरस पाल बनाएकी छिन् ।

ती महिलाको घरभित्र इन्टरनेटको नेटवर्क राम्रोसँग टिप्दैन । त्यसैले उनले घरबाहिर पाल टाँगेर अस्थायी कक्षाकोठा बनाएकी हुन् । अब उनकी छोरी बी मेनगीले बिना कुनै अवरोध दिनहुँ यहाँ बसेर अनलाई कक्षामा पढ्छिन् ।

कोरोनाभाइरसबाट बच्नको लागि मानिसहरु केही फरक तरिका पनि अपनाइरहेका छन् । सिचुआन प्रान्तको शहर लुजोहूमा एक महिला यो भाइरबाट बच्न ठूलो जिराफ कस्ट्युम लगाएर घुमिरहेकी छिन् । केही दिनअघि यी महिला जिराफ कस्ट्युम लगाएर अस्पताल पुगिन् जहाँ मानिसहरुले उनको भिडियो बनाएर भाइरल गरिदिए । महिलाले भने मानिसहरु के सोच्छन् भन्ने कुराले फरक नपर्ने बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *