मछिन्द्र सताक्षी गोल्डकपको फाईनलमा, आर्मी पराजित

डिसी नेपाल
९ फागुन २०७६ १८:०५

काठमाडौं । मछिन्द्र फुटबल क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो ।

मछिन्द्रको जितमा रेजिन सुब्बाले एक गोल गरे । आर्मीका विकास खवासले एक आत्मघाती गोल गरे । लिगको उपविजेता आर्मीविरुद्ध मछिन्द्र दुवै हाफमा एक एक गोल गरेको थियो । खेलको २१ औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा विकासले आत्मघाती गोल गरेपछि मछिन्द्र फाइनल पुगेको हो ।

अब मछिन्द्रले उपाधिका लागि थ्री स्टार क्लबसँग आइतबार खेल्नेछ । आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार फाइनल पुगिसकेको छ ।

सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ । उपविजेताले ३ लाख पाउने छ । प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन् । त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०/२० हजार पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *