प्रेमीका खोजिदिनेलाई २८ लाख पुरस्कारको घोषणा !

डिसी नेपाल
१० फागुन २०७६ ७:४१

एजेन्सी । एक अमेरिकी व्यवसायीले आफुलाई प्रेमीका खोजिदिने व्यक्तिलाई २८ लाख पुरस्कार दिने घोषणा गरेका छन् ।

जेफ गेबहार्ट नामक व्यवसायीले प्रेमीका खोजिदिनेलाई २५ हजार डलर अर्थात करीब साढे २८ लाख नेपाली रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

जेफले प्रेमिका खोज्न डेटिङ वेबसाइटमा विज्ञापन गरेपनि अनलाइन डेटिङमा मन टुटेको बताएका छन् ।

जेफले आफ्नो राम्रो नराम्रो सबै पक्षसँग माया गर्ने प्रेमीका खोजिरहेका छन् ।

जेफ आफ्नो बारेमा भन्छन् कि सम्बन्धमा धेरै नै सहयोग हुनुपर्छ । त्यसका लागि खुला दिल, माया र मस्तीमजक गर्ने प्रेमीका खोजिरहेको छु ।

यद्यपि, प्रेमीका खोज्ने यो अभियान कहिलेसम्म चल्छ भन्ने खुलाईएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *