प्रदेशस्तरीय मार्सलआर्ट महोत्सव शुरु
गाईघाट । प्रदेश नम्बर १ स्तरीय मार्सलआर्ट महोत्सव कटारी बजारस्थित टाइगर खेलमैदानमा शुरु भएको छ।
प्रदेश अन्तर्गतका चौध जिल्लाको झण्डै ६०० खेलाडीको सहभागिता रहेको सो महोत्सव यही फागुन १७ गतेसम्म जारी रहने महोत्सव मूल आयोजक समितिका संयोजक दीपक तामाङले जानकारी दिए ।
कटारी नगरपालिकाद्वारा आयोजित महोत्सवमा सितोरिया कराते, तेक्वान्दो र उसु गरेर तीन विधाका मार्सलआर्टमा कडा भीडन्त हुने उनले बताए।
प्रदेशका नेपाली सेनाका विभिन्न गणका मार्सलआर्ट खेलाडीको पनि सहभागिता रहेको सो प्रतियोगितामा करातेतर्फ १४ स्वर्ण, रजत तथा कास्य २८, तेक्वान्दो १२ स्वर्ण र २४ रजत तथा कास्य तथा उसु १२ स्वर्ण र २४ रजत तथा कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
खेलकूदको माध्यमबाट कटारीको पर्यटन विकास गर्न मार्सलआर्ट महोत्सवको आयोजना गरिएको नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment