‘ठूला नेता मिलेका, अर्बौं रुपैयाँ निलेका’

धनकुमार कार्की
११ फागुन २०७६ १४:५२

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेको छ। मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, पूर्व सभापति अनुकान्त चौलागाइ, काठमाडौं शाखाका सभापति, ललितपुर शाखाका सभापति र मानव अधिकारको क्षेत्रमा काम गर्ने शान्ति समाजसँग आबद्ध विशिष्ट ब्यक्तिहरुको सहभागिता रहेको थियो।

प्रदर्शनमा सहभागीहरुले ‘यो सरकारः घोटालामा लिप्त सरकार’, ‘ठूला नेता मिलेका अर्बौं रुपैयाँ निलेका’, ‘यो सरकारः स्वतन्त्रता बिरोधी सरकार’, ‘यो सरकार: स्वेच्छाचारी सरकार’ जस्ता नारासहित प्रदर्शन गरेका थिए।

सहभागीहरुले वाइडबडी, न्यारोबडी जहाज खरिदमा घोटाला गर्ने मूल पात्रहरुबारे सरकार अझै मौन रहेको, बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरु पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराई लगायतलाई उन्मुक्ति दिन खोजिएको र घोटालाको पछिल्लो संकरणमा गोकुल बास्कोटा संलग्न रहेको अडियो टेपमाथी गहिराइमा छानबिन गरी कारवाही प्रक्रिया अघि बढाउनुपर्नेमा त्यसो नगरिएकोमा विरोध गरेका थिए ।

तस्वीरः रमण मानन्धर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *