सिन्धुली हिँडेका उपप्रधानमन्त्री स्थानीयले सडक बन्द गरेपछि फर्के

डिसी नेपाल
१२ फागुन २०७६ १९:१८

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोख्रेल सवारी जामका कारण सिन्धुली नपुगेर बीचबाटै फर्किएका छन् । बिपी राजमार्ग अवरुद्ध भएपछि सवारी जामका कारण पोखरेल काठमाडौँ फिर्ता भएका हुन्। रक्षामन्त्रीसमेत रहेका पोख्रेल शहीद ऋषिराज देवकोटाको ३९औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौँबाट सिन्धुलीतर्फ गएका थिए ।

आज बिहान स्थानीय अन्दाजी ५५ वर्षीय नन्दलाल श्रेष्ठलाई ठक्कर दिइ घटनास्थलमा नै मृत्यु भएको थियो । सोही विषयलाई लिएर स्थानीयले बिपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका– ७ तल्लो बारामा सडक अवरुद्ध पार्दै आएका थिए । स्थानीयको अवरोधका कारण रोकिएका सवारी साधन अहिले गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिएको आशङ्कामा स१ख ५८२ नंको मिनीट्रक उदयपुरबाट नियन्त्रण लिइएको छ ।

सोमबार बिहानदेखि अवरुद्ध बनेको बिपी राजमार्ग दिउँसोदेखि सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार पैदल यात्रुलाई ठक्कर दिने सवारी पत्ता लगाई कारवाही गर्ने पीडित पक्षसँगको मौखिक सहमतिका आधारमा राजमार्ग सञ्चालन भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *