७० हजार घुससहित वडा अध्यक्ष पक्राउ

डिसी नेपाल
१४ फागुन २०७६ २०:२१

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक वडा अध्यक्षलाई बुधबार पक्राउ गरेको छ।

अख्तियारको टोलीले रुपन्देही समरीमाई गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष श्रवण कुमार यादवलाई पक्राउ गरेको जनाएको छ।

उनले जग्गाको चार किल्ला सिफारिस गरिदिने प्रयोजनका लागि पटक पटक सेवाग्राहीसँग घुस मागेके अख्तियारले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले श्रवण कुमार यादवलाई सेवाग्राहीसँग रु ७०,००० घुस सहित पक्राउ गरेको हो।

उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *