लगानीको क्रान्ति पनि रोल्पाबाटै शुरु हुन्छ :मन्त्री पुन

डिसी नेपाल
१४ फागुन २०७६ २२:१२

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लगानी क्रान्तिको शुरुआत पनि रोल्पाबाटै हुने बताएका छन् । लिबाङमा बुधबार आयोजित ‘रोल्पा लगानी सम्मेलन २०७६’ कार्यक्रममा मन्त्री पुनले रोल्पा कृषि, पर्यटन, जलविद्युत् र खानीको लागी राम्रो सम्भावनाको जिल्ला भएको हुँदा यी क्षेत्रमा लगानीका लागी स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे । जिल्ला राजनीतिक केन्द्र भएर देशमै चिनिएको र अब विभिन्न उद्योग कलकारखानालगायत विकासको केन्द्रको रुपमा चिनाउनुपर्ने समय आएको बताए ।

सबै रोल्पाली कुनै न कुनै विधाको व्यवसायी बन्न आग्रह गरे। प्रतिनिधिसभा सदस्य एवं शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, पूर्वसभामुख ओनसरी घर्तीमगर, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलगायत उपस्थिति थियो ।

रोल्पा नगरपालीकाको आयोजना, रोल्पा उद्योग वाणिज्य सङ्घ रोल्पाको सहआयोजना र जिल्ला समन्वय समिति रोल्पाको समन्वयमा लगानी सम्मेलनको आयोजना गरिएको हो । जिल्लामा जलविद्युत्, कृषि, पर्यटन र खानीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ । सम्मेलन बिहीबारसम्म चल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *