ईपिएलको खेलतालिका सार्बजनिक पहिलो खेलमा पोखरा र ललितपुर भिडने

डिसी नेपाल
१५ फागुन २०७६ ११:०५

काठमाडौँ। आगामी चैत्र १ देखि चैत्र १५ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिएको छ ।

कुल १९ खेल हुने यस इपिएलको पहिलो खेल डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच हुने छ । यो खेल दिउँसो २ बजेदेखि शुरुहुने छ । दोस्रो दिनबाट भने विहान १० वजेदेखि पहिलो र २ बजे दोस्रो खेल शुरुहुने छन् ।

फाइनल खेल चैत्र १५ गते शनिबार दिउसो २ बजे हुने छ । सबै खेल काठमाडौँको किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छन् ।

यस बर्षको इपीएलको ग्लोबल प्रसारण अधिकार डिस्कभरी एसिया प्यासिफिकले सन्चालन गरेको च्यानलले खरिद गरेको हो तर नेपालको लागि भने प्रसारण अधिकार ईपीएलसँग नै रहेको छ । इपिएलमा काठमाडौँ किंग्स, ललितपुर प्याट्रीयाट्स, पोखरा राइनोज, चितवन टाइगर्स, बिराटनगर वारियर्स र भैरहवा ग्लाडीयटर्स गरी ६ टिम रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *