टि २० वेस्टर्न रिजन कप फाइनलः कुवेतलाई २०० रनको लक्ष्य

डिसी नेपाल
१५ फागुन २०७६ १३:४७

काठमाडौं । ओमानमा जारी एसीसी वेस्टर्न रिजन कप प्रतियोगिताको फाइनलमा यूएईले कुवेतलाई २ सय रनको विशाल लक्ष्य दिएको छ ।

अल अमेरट क्रिकेट मैदानमा आज भएको खेलमा कुवेतले टस जितेर यूएई लाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । टस हारेर ब्याटिङको मौका पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनायो ।

यूएईका लागी ओपनर चिराग सुरीले ४१ बलमा ८ चौकाको मद्दतले ६०, रोहन मुस्तफा र मुहम्मद उश्मानले २८–२८, वहीद अहमदले अविजित १५ बलमा ६ छक्काको मद्दतले ४५ र बसिल हमीदले १२ रन बनाए । बलिङमा कुवेत टीमका अफ्सल अशरफले सर्बाधिक २ विकेट लिए ।

यसअघि बुधबार भएको खेलमा कतारलाई हराउँदै यूएईले फाइनलमा स्थान बनाएको थियो ।

कुवेत बहराइनलाई पराजित गर्दै फाइनमा प्रवेश गरेको थियो । यूएई र कुवेत शीर्ष २ मा रहँदै वेस्टर्न रिजनबाट एसिया कप छनोटमा पुगिसकेका छन् । अब इस्टर्न रिजनबाट शीर्ष २ मा पुग्ने टोली एसिया कप छनोटमा पुग्ने छन् । एसिया कप छनोटको विजेता टीमले एसिया कप खेल्ने मौका पाउने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *