विराट कोहलीको नम्बर १ टेस्ट ब्याट्सम्यानको स्थान खोसियो
काठमाडौं। भारतीय टिमका कप्तान विराट कोहलीको नम्बर १ टेस्ट ब्याट्सम्यानको स्थान खोसिएको छ । विराट कोहलीलाई उछिन्दै अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ शीर्ष स्थानमा उक्लिएका छन् । विराटले पछिल्लो टेस्टमा न्यूजिल्याण्डविरुद्ध पहिलो इनिङमा २ र दोस्रो इनिङमा १९ गरी २१ रनमात्र बनाउन सकेका थिए । यही असफलताका कारण उनले शीर्ष स्थान गुमाउनुपरेको हो ।
शीर्ष स्थानमा पुगेका स्टिभ स्मितको ९११ अंक छ । कोहलीले ९०६ अंकका साथ दोस्रो स्थानमा झरेका छन् । ब्याटिङतर्फ शीर्ष १० मा क्रमशः स्टिभ स्मिथ (अस्ट्रेलिया), विराट कोहली (भारत), केन विलियमसन (न्यूजिल्याण्ड), मार्नुस लाबुशाङग्ने (अस्ट्रेलिया), बाबर आजम (पाकिस्तान), डेभिड वार्नर (अस्ट्रेलिया), जो रुट (इङल्याण्ड), अजिंक्या राहाणे (भारत), चेतेश्वर पुजारा (भारत) र मयंक अग्रवाल (भारत) छन् ।
बलिङतर्फ ९०४ अंकका साथ अस्ट्रेलियाका प्याट कमिन्स शीर्षमा छन् । त्यसपछि क्रमशः नील वाग्नर (न्यूजिल्याण्ड), जेसन होल्डर (वेष्ट इण्डिज), कागिसो रबाडा (दक्षिण अफ्रिका), मिचेल स्टार्क (अस्ट्रेलिया), टीम साउदी (न्यूजिल्याण्ड), जेम्स एण्डरसन (इङल्याण्ड), जोश हेजलउड (अस्ट्रेलिया), रविचन्द्रन अश्विन (भारत) र केमार रोच (वेष्ट इण्डिज) छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment