मलेसियामा नेपाली युवा मृत भेटिए, हत्याको आशंकामा एकजना पक्राउ

डिसी नेपाल
१६ फागुन २०७६ १५:४७

क्वालालम्पुर । मलेसियामा एक नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । मलेसियाको जोहोर बारुरा देसा चेमर्लाङमा रामेछाप गोठगाउँ निवासी यामबहादुर बोहरा मृत भेटिएका हुन् । बिहीबार दिउँसो अन्दाजी २ बजेतिर मृत अवस्थामा भेटिएका बोहराको हत्याको आशंका गरिएको छ ।

बोहोरा जोहोर बारुराको देसा चेमर्लाङको ‘भि–कोट कम्पनी’मा कार्यरत थिए । उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । उनको मृत्यको खवर पाएपछि आफन्तहरुले नेपाली काउन्सिलरमा रिपोर्ट गरी घटनालाई गम्भीरतापूर्वक अनुसन्धन गरिदिन ध्यानाकर्षण गराएका छन् ।

हत्या भएको आशंकामा मृतकको लाश प्रहरीले निगरानीमा राखेको छ । घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको नेपाली दूतावास मलेसियाका द्वितीय सचिव महेश्वरमणी त्रिपाठीले जानकारी दिए ।

दूतावासले उनी कार्यरत कम्पनी कम्पनी र मलेसिया प्रहरीलाई पनि घटनाको बारेमा गम्भीर रुपमा छानबिन गर्न ध्यानाकर्षण गराएको र आवश्यक सम्पूर्ण सहयोग नेपाली दूतावास मलेसियाले गर्ने पनि त्रिपाठीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *