कोरोना नदेखिएपछि खुसी हुँदै घर फर्किए

डिसी नेपाल
२० फागुन २०७६ ७:२१

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रहेको चीनबाट उद्धार गरी ल्याइएका नेपालीलाई कोरोना भाइरस नभएपछि सोमबारबाट क्वारेन्टाइनमुक्त भएका छन्।

यही फागुन ४ गतेदेखि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा बसेका नेपाली सोमबारबाट घर फर्किएका हुन् । चीनबाट ल्याइएका १७५ जनालाई कोरोना भाइरस नेगेटिभ रिपोर्ट आएको थियो ।

दोस्रो चरणमा पनि कोरोना भाइरस नेगेटिभ आएपछि सोमबार एक समारोहबीच उनीहरूलाई बिदाइ गरियो । १६ दिनसम्म क्वारेन्टाइनमा बिताएका नेपाली बिदाइ हुने क्रममा नेपाल सरकार जिन्दावाद, नेपाली सेना जिन्दावाद, नेपाली मिडिया जिन्दावाद, नेपाल प्रहरी जिन्दावादजस्ता नारा लगाउँदै चीनबाट उद्धार

भएकोमा खुसी देखिन्थे । धेरैबेरसम्म नेपाल सरकार, मिडिया र नेपाली सेनाको जयजयकार गरेका थिए । उनीहरूले जीवनमा सबैभन्दा खुसीको क्षण भएको बताएका थिए। गाेरखापत्र दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *