अभिनेत्री श्वेताले गरिन् क्यान्सर अस्पतालको शिलान्यास
काठमाडौं। अभिनेत्री श्वेता खड्काले क्यान्सर अस्पतालको शिलान्यास गरेकी छिन्।
उनले ललितपुरको गोदावरी नगरपालिका छम्पीमा बन्न लागेको नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको शिलान्यास गरेकी हुन्। सोमबार अभिनेत्री खड्कासंगै विभिन्न व्यक्तिहरुले संयुक्त रुपमा अस्पतालको शिलान्यास गरेका हुन्।
अभिनेत्री श्वेताले क्यान्सर अस्पतालको शिलान्यास गर्न पाउँदा बेग्दै खुःसी र आनन्दको महशुस भएको बताएकी छिन्। क्यान्सरका कारण आफूले जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र भिनाजुलाई गुमाएको बताउँदै क्यान्सर रोग बिरुद्द मानसिक युद्द समेत लडिरहेको उल्लेख गरेकी छिन्।
‘मैले एकदमै नजिकबाट क्यान्सर पीडितहरुको छटपटी र पीडालाई नियालेकी छु। मलाई थाहा छ, यो रोगबाट आफ्ना आत्मिय ब्यक्तिहरु गुमाउनुपर्दाको पीडा’ उनले अगाडि उल्लेख गरेकी छिन् –‘मैले विगत ५ बर्षदेखी एउटा क्यान्सर अस्पताल खडा गर्ने धोको साँचिरहेकी थिए। आज त्यो धोको नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले पुरा गरिदिएको छ।’

अस्पताल निर्माण भएपछि क्यान्सर पीडितहरुले स्वच्छ रुपमा सेवा पाउने श्वेताको विश्वास छ। उनले लेखेकी छिन्, ‘आज एउटा सामुदायिक अस्पतालको जग बसेको छ। अबका केही बर्षमा यो जगमा खसेको इट्टाले अस्पतालको भवनको रुपमा होइन क्यान्सर पीडितहरुको घरको रुपमा स्थापित हुनेछ।’
अभिनेत्री श्वेताका श्रीमान श्रीकृष्णको क्यान्सर रोगकै कारण पाँच वर्ष अगाडि निधन भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment