कोरियाले ल्यायो कोरोना संक्रमण परीक्षण र सर्नबाट रोक्ने नयाँ तरिका ‘ड्राइभ थ्रु’
सिओल। दक्षिण कोरियाले कोरोनाभाइरस फैलिनबाट रोक्न र सहज परीक्षणका लागि ड्राइभ थ्रु अर्थात आफ्नो गाडिमै कोरोना परीक्षण गर्ने विधि ल्याएको छ । यो प्रविधिबाट छोटो समयमा धेरै मनिसहरुलाई कोरोना भाइरसको परीक्षण गर्न सकिएको बताइएको छ ।
कोरियाले पहिलो पटक यो विधि संचालन गारेको छ र संसारका विकसित देशहरुले यसको प्रसंसा गरिरहेका एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले बताए ।
‘यदि तपाईलाई कोरोनाको शंका भएमा नजिकको सरकारी स्वास्थ्य चैकीमा गाडीमा जानुभयो भने तपाईको गाड़ी भित्रै चेक जाँच हुनेछ। यसबाट समयको बचत अरुलाई सर्न सक्ने वा अरु बाट सर्न सक्ने खतराबाट बचिने छ।’ अध्यक्ष सुवेदीले भने ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment