चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक
काठमाडौं। संचारकर्मी फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ।
मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलर हेर्दा भुकम्पपछि विछोडिएको एक परिवारले पुनर्मिलनका लागि गर्ने संघर्षमा चलचित्र बनेको अनुमान गर्न सकिन्छ।
ट्रेलरमा चलचित्रका कलाकार दयाहाङ राई, शान्ति वाइवा, बुद्धी तामाङ लगायतलाई समेटिएको छ।
चलचित्रमा दयाहाङ, शान्ति , बुद्धिका अलावा जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ। चलचित्रमा रेखा थापाले अतिथि कलाकारको रुपमा अभिनय गरेकी छिन्।
चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन्। प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका छन्। चलचित्रका गीतमा राजेशपायल राई, दुर्गा खरेल र प्रमोद खरेलले स्वर दिएका छन्।
चलचित्र चैत ७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment