‘शिक्षालाई राजनीतिबाट मुक्त बनाउनुपर्छ’

डिसी नेपाल
२१ फागुन २०७६ १८:२६

दमौली। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिएका छन्। शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दा शिक्षा क्षेत्र धरासायी बन्दै गएकामा उनले चिन्ता व्यक्त गरे।

तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका छात्रछात्रालाई बुधबार झोला वितरण गर्दै केन्द्रीय सदस्य पौडेलले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले भने, “पछिल्लो समय शिक्षा क्षेत्रमा राजनीति हाबी भइरहेको छ, यसलाई रोक्नुपर्छ।”

नेता पौडेलले प्राविधिक र गुणस्तरीय शिक्षा वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै शिक्षक र अभिभावकको चासोले शिक्षा क्षेत्रमा सुधार सम्भव रहेको बताए।

उनले उत्कृष्ट सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। सो अवसरमा पौडेलले विद्यालयमा अध्ययनरत २०० विद्यार्थीलाई झोला वितरण गरेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *