कास्टिङ काउचको शिकार भइन् हिरोइन, भनिन्–‘उसले ड्रिंकमा केही मिलायो, त्यसपछि…’

डिसी नेपाल
२२ फागुन २०७६ ११:४४

मुम्बइ। बिगबोस १३ की प्रतियोगी रहेकी रश्मी देसाइ टेलिभिजन उद्योगमा ठूलो नाम हुन् । उनका कैयौं टेलिभिजन शोहरु निकै लोकप्रिय रहे । उनको अभिनयलाई निकै मन पराइन्छ । तर, यो स्थानसम्म पुग्नको लागि रश्मीले धेरै कठिनाइको सामना गर्नुपर्यो । रश्मीले एक अन्तरवार्तामा आफ्नो काटिङ काउच अनुभवबारे बताएकी छिन् ।

पिंकभिलाको रिपोर्टअनुसार रश्मीले आफ्नो कास्टिङ काउचको डरलाग्दो अनुभव शेयर गर्दै भनिन् ‘१३ वर्ष पहिले मैले आफ्नो करिअर सुरु गरेकी थिएँ । त्यतिबेला म निकै युवा थिएँ र गैरफिल्मी पृष्ठभूमिकी थिएँ । इण्डष्ट्रीमा कसैलाई चिनेकी थिइन । मलाई आज पनि याद छ त्यतिबेला मलाई भनिएको थियो तिमी कास्टिङ काउचबाट गुज्रिइनौ भने काम पाउँदिनौ ।’

रश्मीले अगाडि भनिन् ‘उसको नाम सुरज थियो । अहिले ऊ कहाँ छ मलाई थाहा छैन । उसलाई थाहा थियो कि म यो फिल्हमा नयाँ छु । ऊ पहिलो व्यक्ति थियो जसले मेरो फाइदा उठाउने कोसिस गरेको थियो । एक दिन उसले मलाई अडिसनको लागि बोलायो । म निकै उत्साहित थिएँ । म त्यहाँ पुगें जहाँ ऊबाहेक कोही थिएन । कुनै क्यामेरा पनि थिएन ।’

रश्मीले थपिन् ‘उसले मेरो ड्रिंकमा केही मिलाउने र मलाई बेहोर गराउने पूरा कोसिस गर्यो । मैले मलाई ड्रिंक चाहिन्न भनिरहें । जसोतसो अढाइ घण्टामा म त्यहाँबाट निस्किन सफल भएँ । मैले आमालाई यसबारे सबथोक भने । भोलिपल्ट हामी फेरि त्यहाँ गयौं । यसपटक आमाले उसलाई थप्पड हान्नुभएको थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *