कोरोनासँग लड्न सरकारले के गरिरहेको छ?

डिसी नेपाल
२२ फागुन २०७६ १७:०९

काठमाडौं। सरकारले मास्कको अपूर्ति र उत्पादन बढाउने विषयमा नीजि क्षेत्रसँग सहकार्य भइरहेको बताएको छ।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) को प्रभाव नदेखिएको बताउँदै सरकारले संक्रमण हुँनै नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको छ। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारी समेत सम्हालीरहेका अर्थमन्त्री युवराज खतिवडाले सरकार र स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकतामा राखेर नियन्त्रणको प्रयास गरिरहेको बताए। खतिवडाले कोरोना भाइरस नियन्त्रणका लागि अहिले प्रदेश र स्थानीय सरकारसँग छलफल गरी अगाडि बढिरहेको बताए।

कोरोनाका कारण पर्यटन, व्यापार लगायतका क्षेत्रमा असर पर्ने अनुमान गरिएको उनले बताए। लगानीका अवसर, बजार आपूर्तिका सन्दर्भमा प्रभाव पर्ने कुराहरु अनुमान गर्न सकिने उनले बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वस्थ्य मन्त्रालयले छुट्टाछुट्टै तीन वटा समितिहरु गठन गरेर कोरोना भइरसका भित्रिन नदिने गरी काम गरिरहेको बताए।

मन्त्रीको संयोजकत्वमा, सचिवको संयोजत्वमा र सम्बन्धित महाशाखा समितिको संयोजकत्वमा प्राविधिक कमिटी गठन गरी काम भइरहेको उनले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनशक्ति थपेर काम भइरहेको उनले बताए। विमानस्थलमा शंस्कास्पद देखिएका व्यक्तिहरुलाई तुरुन्त उपचारका लागि पठाउने गरिएको उनले बताए।

एक सिफ्टमा ७ जनासम्म चिकित्सकसहितको टोली र रातिको सिफ्टमा ४ जनाको टोली विमानस्थलको हेल्थ डेस्कमा खटाइएको उनले बताए। सात वटै प्रदेशमा सरकारले टोलीहरु पठाएको उल्लेख गर्दै प्रवक्ता देवकोटाले नेपाल भारतका ३७ वटा सीमा नाकाहरुमा टोली खटाउने तयारी भइरहेको बताए।

भारतले विभिन्न औषधिमा निर्यात प्रतिवन्ध लगाएपछि कसरी फुकुवा गर्ने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए। सरकारले उपत्यकामा रहेका अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको पनि उनले बताए। सजकता अपनाउन जरुरी रहेकाले त्रासको वातावरण नफैलाउन आग्रह गर्दै उनले औषधि आपूर्ति, भिडभाड रोकथामका विषयमा मन्त्रालयले निरन्तर सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *