जनतालाई खुशी पार्न नसकिए कम्युनिष्ट सकिन्छन् : नेता नेपाल

डिसी नेपाल
२२ फागुन २०७६ १७:१६

काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधावकुमार नेपालले जनतालाई खुशी पार्न नसके समाजवाद र कम्युनिष्ट पार्टी नटिक्ने बताएका छन्।

मदन भण्डारी फाउन्डेशन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला –५, नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिष्ट पार्टी रहनका लागि जनता खुशी हुनुपर्ने बताए।

उनले भने, ‘आफ्नो देशका जनतालाई खुशी पार्न सकिएन भने त्यो समाजवाद पनि टिक्दैन, कम्युनिष्ट पार्टी पनि टिक्दैन, त्यो लोकप्रीय पनि हुँदैन। जुन आफ्नो समाजमा जनताको बीचमा जनताको मन र भावनालाई जित्न सक्नुपर्छ। त्यो मन र भावनालाई बुझ्नालाई फेरी पनि मुल कुरा भनेको उही जनता नै केन्द्र हो।’

उनले २१ औं सताब्दीको जनवादले प्रतिस्प्रधामा श्रेष्ठताको सिद्धान्तलाई अंगिकार गरेको समेत बताए। त्यसैले कम्युनिष्ट पार्टीका नेताले सर्वाहरा वर्गको नारा दिएर मात्र नहुने र आफूलाई प्रतिस्प्रधामा श्रेष्ठता कायम गर्न सक्नुपर्ने बताए।

उनले समाजवादका राम्रा पक्षलाई लिएर पश्चिम युरोपका केही मुलुकले ठूलो उपलब्धी हासिल गरिसकेको तर समाजवाद मान्नेहरुले पूँजीवादका राम्रा पक्षलाई लिन नसक्दा अझैपनि संघर्ष गरिरहनु परेको बताए। उनले जनतासँग एकाकार हुनु, जनताको भाषा बुझ्नु र बोल्नु जनताको भावनासँग सँधै जोडिनु र सम्मान गर्नु, जनतालाई सचेत, संगठित र परिचालित गर्नु जनतामाथि असिम भरोसा गर्नु नै जनताको बहुदलीय जनवादको मुल पक्ष भएको बताए।

उनले जवज जनतालाई अधिकार सम्पन्न बनाउने विचार भएकाले चिन्तन काम र आचरण जनताबाट निर्देशित हुनुपर्ने बताए। उनले सुनसान र स्तब्ध निरास वातावरणबीच उत्पन्न दुविधालाई समाप्त पार्दै जवज लाइटहाउसको रुपमा विकास भएको समेत बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *