निर्माता संघको अनुरोध : सम्पूर्ण चलचित्रको छायांकन रोक्नू

डिसी नेपाल
२२ फागुन २०७६ १८:३०

काठमाडौं। नेपाल चलचित्र निर्माता संघले चलचित्रको सम्पूर्ण छायाँकन रोक्न अनुरोध गरेको छ। अहिले विश्वभरका मानिसमा त्रासको रूपमा देखिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणको जोखिम न्यूनिकरणका लागि संघले सम्पूर्ण चलचित्रकर्मीलाई सम्भव भएसम्म सम्पूर्ण चलचित्रको छायाङ्कन स्थगित गर्न अनुरोध गरेको हो।

नेपाल सरकारबाट कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र स्थगन गर्न अनुरोध गरेसंगै संघले बिहीबार एक विज्ञप्ती जारी गर्र्दै चलचित्रकर्मीलाई यस्तो अनुरोध गरेको हो।

चलचित्रकर्मी देश र जनताप्रति उत्तरदायी हुने र समाजको सम्बाहकको रुपमा विम्वित हुने हुँदा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आ–आफ्नो तप्काबाट सहयोग गर्न र नेपाल सरकारबाट अर्को सूचना जारी नहुन्जेलसम्म सम्पूर्ण चलचित्र छायाङ्कन कार्य स्थगन गर्न संघको अनुरोध छ।

संघका महासचिव रोज राणाद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन सम्पूर्ण चलचित्रकर्मीहरुलाई आग्रह समेत गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *