सारा अली खानलाई फ्यानको प्रश्न – ‘भाइसँग यस्तो गर्न लाज लाग्दैन ?’

डिसी नेपाल
२३ फागुन २०७६ १५:०७

मुम्बइ। बलिउड अभिनेत्री सारा अली खानले सामाजिक संजालमा बोल्ड फोटोहरु शेयर गरिरहन्छिन् । तर, उनको हालैको एक पोटले भने आलोचना खेप्नु परेको छ । पछिल्लो समय साराले बिकिनीमा भाइसँग फोटो शेयर गरेकी थिइन् । विदा मनाउन माल्दिभ्स पुगेकी साराले उत्तैबाट फोटो शेयर गरेकी हुन् ।

भाइलाई जन्मदिनको शुभकामना दिँदै उनले बिकिनीसहितको तस्वीर शेयर गरेपछि यसको आलोचना भएको हो । प्रशंसकहरूले भाइलाई जन्मदिनको शुभकामना दिन साराले अर्कै तस्वीर राख्नुपर्ने बताएका छन् । भाइसँग यस्तो अवस्थाको तस्वीर खिच्नु गलत भएको धेरै प्रयोगकर्ताको भनाइ छ । एकजनाले त ‘तिमीलाई लाज लाग्दैन’ भनेर समेत टिप्पणी गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *