अञ्जु पन्तको नयाँ गीत सार्वजनिक
काठमाडौं। लोकप्रिय गायिका अञ्जु पन्तको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ।
बिहीबार ‘एक्लै छु म’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। प्रशान्त पौडेलको शब्द तथा सङ्गीत रहेको गीतमा विशाल निरौलाको एरेञ्ज छ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र मोडल रामबाबु देखिएका छन्। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment