कोरोना त्रासः चिकित्सक संघले भन्यो, विश्वस्वाथ्य संगठनको मापदण्डको तालिम चाहियो

डिसी नेपाल
२३ फागुन २०७६ १६:१७

काठमाडौं। कोरोना भाइरसको त्रास बढेसँगै नेपाली चिकित्सकहरुले विश्वस्वास्थ्य संगठनको मापदण्डअनुसारको तालिम र सुरक्षा अवस्था भएमात्र उपचारमा संलग्न हुने बताएका छन्।

नेपाल चिकित्सक संघले शुक्रबार अन्तरक्रिया गरी आवश्यक सुरक्षाका साधान उपलब्ध नभए चिकित्सक नै समस्यामा पर्ने भन्दै यस्तो निर्णय गरेको हो।
संघले जनशक्ति बढाउन तथा अस्पतालको पहिचान गरी तयारी अवस्थामा रहनुपर्ने समेत बताएको छ।

साथै संघले कोरोना भाइरसबारे फैलिएका भ्रमलार्य पनि रोक्नुपर्ने बताएको छ।

प्रेश विज्ञप्ती

विगत केहि महिना देखि नोवेल कोरोना भाइरसको संक्रमण फैलिई विश्वका धेरै देशहरुमा मानवीय क्षति भई सकेकोमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
विश्व स्वास्थ्य संगठनले उक्त कोरोना भाइरसको संक्रमणबाट नेपाल लगायतका अन्य देशहरुलाई उच्च जोखिममा राखिसकेको परिवेशलाई ध्यानमा राख्दै नेपाल चिकित्सक संघले कोरोना भाईरस लाग्न नदिने वातावरण तयार गर्न तथा स्वास्थ्य संस्था एवं चिकित्सकहरुलाई तयारी अवस्थामा रहनका लागि अवलम्बन गर्नु पर्ने रक्षात्मक उपायहरुका सम्बन्धमा मिति २०७६ फागुन २२ गते सरोकारवाला निकायहरुको उपस्थितिमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरी निम्न बमोजिमका कार्यहरु अगाडी बढाउने निर्णय गरेको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।

तपसिलका निर्णयहरु

१) नेपाल चिकित्सक संघको तर्फबाट कोरोना भाइरस सम्बन्धी विस्तृत जानकारीका लागि संघको केन्द्रीय कार्यालयमा र संघका १६ वटै शाखा कार्यालयहरुमा dfInformation Desk को व्यवस्था गरिएको जानकारी गराइन्छ ।

२) पर्याप्त जनशक्ति र प्रविधि अभावका कारण सरकारले अपनाउने सजगताले मात्र कोरोना भाइरसलाई रोकथाम गर्न मुस्किल पर्ने हुनाले यससम्बन्धी चेतना घरघरसम्म फैलाउने वातावरण तयार गर्न सरोकारवाला पक्ष लागि पर्ने ।

३) पहिलो सम्र्पकमा नै स्वास्थ्यकर्मी तथा चिकित्सकहरु रहने भएको हुनाले उहाँहरुको स्वास्थ्यको सुरक्षाका लागि अत्याधुनिक सुरक्षा पोशाक, आवश्यक औजार र संक्रमणबाट जोगिन सक्ने सामाग्रीहरुको पर्याप्त उपलब्धता सँगै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप प्रशिक्षण दिए पश्चात मात्र सेवा प्रवाहमा खटाउनु पर्ने ।

४) कोरोना भाईरस सम्बन्धी फैलाइएको गलत धारणाहरुलाई न्यूनीकरण गरी सहि र सत्य कुराहरु मात्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नु पर्ने ।

५) कोरोना भाइरस सम्बन्धी विद्यमान अवस्था तथा नेपालमा भित्रन सक्ने अवस्थाको मध्यनजर राख्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेपाल सरकारलाई आवश्यक परेको समयमा प्रर्याप्त मात्रामा जनशक्ति परिचालन गर्नका लागि तयारी अवस्थामा बस्ने ।

६) आकस्मिक विभाग तथा अन्य स्वास्थ्य केन्द्रमा कोरोना भाइरसबाट संक्रमित हुन सक्ने विरामीहरुलाई संक्रमण भए नभएको सुनिश्चित गर्नका लागि Emergency Health care COVID -19 Triage Scale प्रयोग गर्न सकिने ।

७) कोरोना भाइरसबाट ग्रसित विरामीहरुको सख्ंयामा वृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर आवश्यकता अनुसार निश्चित अस्पतालहरु पहिचान गरी तयारी अवस्थामा राख्नु पर्ने ।

८) नेपाल चिकित्सक संघ हालको संक्रमणकालिन अवस्थामा नेपाल सरकारलाई जुनसुकै परिस्थितिमा सहयोग गर्न तत्पर रहेको र कुनै पनि संघ संस्थाहरुले यस संघसँग समन्वयकारी भूमिका निर्वाह गर्दै उत्पन्न समस्याको समाधानका लागि सामूहिक कार्य गर्न समेत अपिल गर्दछ ।

९) नागरिकहरुलाई यस कोरोना भाइरसका सम्बन्धमा कुनै जानकारी लिन परेमा नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय वा संघका शाखा कार्यालयहरुमा रहेका क्ष्लायचmबतष्यल म्भकप मा सम्र्पक गर्नु हुन समेत अनुरोध गरिन्छ ।

उल्लेखित निर्णयहरुलाई कार्यान्वयनमा लैजानका लागि नेपाल सरकारले सरोकारवाला निकायसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै संभावित संक्रमणबाट जोगिन र जोगाउनका लागि अबिलम्ब पहल गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *