सार्वजनिक भयो ‘चपली हाइट ३’को टिजर [भिडियो]
काठमाडौं। चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक गरिएको छ।
चैत २८ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रको शुक्रबार टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा चलचित्रका अधिकांश कलाकारलाई देखाइएको छ।
अर्जुन कुमारको निर्माण रहेको ‘चपली हाइट ३’लाई निकेश खड्काले निर्देशन गरेका हुन्। चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी शीर्ष भूमिकामा छन्। त्यस्तै प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक लगायतको पनि अभिनय छ।
आकाश वरालको लेखन रहेको चलचित्र सस्पेन्स थ्रिलर जनरामा निर्माण गरिएको हो। चलचित्रमा सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन तथा दिर्घ खड्काको सम्पादन छ।
‘चपली हाइट’को अघिल्ला दुई सिरिज दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए। ‘चपली हाइट’मा अभिनेत्री विनिता बरालले दिएको बोल्ड दृश्यका कारण चर्चासंगै चलचित्र हिट भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment