अध्यक्ष तिमिल्सिनासँग नवनियुक्त भारतीय राजदूतको शिष्टचार भेट

डिसी नेपाल
२३ फागुन २०७६ १८:५९

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टचार भेट गरेका छन्।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रवार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।
भेटमा अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत क्वात्रालाई नेपालका लागि राजदूतमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। ‘नेपाल र भारतबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको छ,’ उनले भने, ‘नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन यहाँको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु।’

राजदूत क्वात्राले भेटका क्रममा नेपाल र भारतको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताए। उनले दुई देशबीचमा भएका उच्चस्तरीय भ्रमणले नेपाल र भारत छिमेकी मात्र नभई समृद्धीका साझेदार भएको धारणा राखेका थिए।

राजदूत क्वात्राले दुई देशका संसदबीचको सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्न उच्चस्तरीय संसदीय भ्रमण हुनुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *