नेपाली कांग्रेस कास्कीको प्रवक्‍तामा सिग्देल

डिसी नेपाल
२४ फागुन २०७६ ७:११

पोखरा । नेपाली कांग्रेस कास्कीको प्रवक्‍तामा नवीन सिग्देल मनोनीत भएका छन्।

शुक्रबार बसेको नेपाली कांग्रेस कास्की जिल्ला समितिको बैठकले जिल्ला सदस्य सिग्देललाई प्रवक्‍तामा मनोनयन गरेको हो। उनी २ दशक अघिदेखि निरन्तर रुपमा राजनीतिमा सक्रिय छन्।

पोखराको पृथ्वीनारायण क्याम्पसबाट नेविसंघको राजनीति थालेका सिग्देल लोकतान्त्रिक आन्दोलनका क्रममा पक्राउ समेत परेको थिए । सिग्देल नेपाल विद्यार्थी संघ कास्कीको सभापति, नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय सदस्य हुँदै कांग्रेसको १३ औं महाधिवेशनबाट तत्कालीन कास्की क्षेत्र नं २ बाट जिल्ला सदस्यमा निर्वाचित भएका थिए ।

जिल्लाको पार्टी प्रवक्‍ता मनोनीत भएसँगै उनले पार्टीलाई मजबुद र सशक्त बनाउनु आफ्नो कर्तव्य भएको बताए। बैठकले रिक्त जिल्ला सदस्य पदमा पोखरा ३१ का देवेन्द्र रानाभाट र पोखरा १७ का प्रेम परियारलाई मनोनीत गरेको छ।

त्यस्तै, तत्कालीन नेपाल लोकतान्त्रिक फोरम र अखण्ड नेपाल पार्टी, नेपाली कांग्रेससँग मिलेपछि कास्की कांग्रेसले समायोजन गरी २ पार्टीकोतर्फबाट ६ जना जिल्ला सदस्य पनि थप गरेको छ। जसमा अखण्ड पार्टीको तर्फबाट पोखरा–३२ का गणेश केसी, पोखरा २१ का शोभाकर लामिछाने, अर्मलाकी मञ्जुश्री बस्नेत र फोरमको तर्फबाट पोखरा–१० का प्रज्वल रञ्जित, रुपा ७ की दक्षिणा सुवेदी र पोखरा–२९ की लक्ष्मी बास्तोला जिल्ला सदस्य बनेका छन्।

त्यस्तै, आमन्त्रित जिल्ला सदस्यमा पोखरा–१३ का शिरोमणि बराल, पोखरा ३२ का नारायण पौडेल, माछापुच्छ्रे गाउँपालिकाका मेखबहादुर गुरुङ, धितालका दीपक पौडेल, पोखरा–३१ का शिव अधिकारी मनोनित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *