बेल्जियममा एक नेपालीद्वारा आत्महत्या, परिवारद्वारा हत्याको आरोप

डिसी नेपाल
२४ फागुन २०७६ १०:४८

काठमाडौँ । सन् २००७ देखि नै बेल्जियम बस्दै आएका सुमन शर्मा जैसीले गुडिरहेको रेलको अगाडि हाम्फालेर आत्महत्या गरेको बेल्जियमका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पर्वतको साबिक धाईरिङ्ग–९ धारापानी घर भएका सुमनले बेज्लियमस्थित आरस्कोट ट्रेन स्टेशनको गुडिरहेको रेलको लिगमा हामफालेर आत्महत्या गरेको बताईएको छ । तर उनको परिवारले भने सुमनले आत्महत्या गरेको नभई कसैले हत्या गरेको आरोप लगाएका छन् ।

फेबु्रवरी २ तारिखका दिन ज्यान गुमाएका जैशीको हिजो शुक्रबार बिहान दाहसंस्कार गरिएको एनआरएनए बेल्जियले जनाएको छ ।

ग़ैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमका पंजिकृत सदस्य हरी जैसी र देवी जैसीका सुपुत्र सुमन जैसीको निधनप्रति गहिरो द:ख व्यक्त गर्दै एनआरएनए बेल्जियमले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

गाउँबाटै अन्तरजातीय प्रेम विवाह गरेर बेल्जियम गएका थिए । पति–पत्नीबीच पछिल्लो समय मनमुटाव बढ्न थालेपछि सुमन डिप्रेसनको अवस्थामा थिए । उनीहरुबीच सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *