सामान्य ज्वरो, रुघाखोकीका आधारमा कोरोनाको त्रास नफैलाउन आग्रह

डिसी नेपाल
२४ फागुन २०७६ १२:०३

सुर्खेत । विश्वलाई त्रसित पारेको कोरोना भाइरसको त्रास नफैलाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुरोध गरेको छ ।

सामान्य ज्वरो, रुघाखोकीका आधारमा कोरोनाको त्रास देखाउने काम भएकोले त्यस्ता गतिविधिहरु भइरहेको भनदै प्रशासनले कोरोनाको त्रास नफैलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले औषधि व्यवसायीहरुसँग गरेको छलफलमा कोरोनाको डर त्रास देखाउने काम बढी भइरहेको भन्दै त्रास देखाउने काम नगर्न आव्हान गरिएको हो ।

कोरोनालाई देखाएर मास्क तथा औषधिहरु लुकाइ कालोबजारी नगर्न, रुघाखोकीका विरामीहरुलाई कोरोना हो भन्ने सुझाव नदिन आग्रह गरिएको छ । १०४ डिग्रीभन्दा माथि ज्वरो आएमा सो विरामी १४ दिन अगाडिदेखि कहाँबाट आएका हुन् भनेर सोध्न जिल्ला जनस्वास्थ्य प्रशासक चेतननिधि वाग्लले सुझाव दिए ।

उनले मेडिकलमा आउने बिरामीमाथि कोरोनाकोशंका देखिएमा तत्काल प्रदेश अस्पताललाई खबर गरिदिन भने । मौसम फेरवदल भएकोले सामान्य रुघाखोकी, ज्वरो आउन नै कोरोनाको लक्षण होइन ।

यद्यपि १०४ डिग्रीमाथि ज्वरो आएमा विरामीलाई दुई हप्ता अगाडिदेखिको पृष्ठभूमि सोध्न उनले सुझाव दिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले मास्क, औषधिमा कालोबजारी नगर्न सुझाव दिए । उनले जटिल परिस्थितिको सामना सवैले गर्नुपरेको हुँदा व्यवसायिक मर्यादामा बसेर व्यवसाय गर्न औषधि व्यवसायीहरुलाई आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले कोरोनाको त्रास फैलाइएकोले चुनौती बढेको बताए । उनले सवै रोगबाट सतर्क रहन आग्रह गर्दै जिल्लाभित्रका सरोकारवाला सवैलाई सतर्क रहन निर्देशनसमेत दिइसकिएको जनाए । उनले कोरोनाबाट डराउनुपर्ने अवस्था नभएपछि सजग हुनुपर्ने बेला भएको उल्लेख गरे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *