बागी ३ को धमाकेदार सुरुवात, पहिलो दिनको कमाइ कति ?

डिसी नेपाल
२४ फागुन २०७६ १२:५३

मुम्बइ। बलिउड अभिनेता टाइगर श्राफको फिल्म बागी ३ हिजो रिलिज भयो । फिल्म ट्रेलर रिलिज भएदेखि नै चर्चामा छ । रिलिजपछि यो फिल्मलाई समीक्षकले कहानीमा कमजोर तर एक्सनमा दमदार भनेका छन् । फिल्मले पहिलो दिन धमाकेदार ओपनिङ गरेको छ । यो फिल्मका अघिल्ला दुई भाग पनि हिट रहेका थिए ।

टाइगर श्राफका फिल्महरुमध्ये यो फिल्मले अहिलेसम्मकै धेरै स्क्रिन पाएको छ । भारतभित्र ४ हजार ४ सय र देशबाहिर ११ सय स्क्रिनमा यो फिल्म रिलिज भएको छ । फिल्मको पहिलो दिनको आधिकारिक कमाइ आइसकेको छैन तर पहिलो दिनको दर्शकको चाप हेर्दा ट्रेड एनालिस्टहरुले फिल्मको पहिलो दिनको कमाइ २६ देखि २८ करोड भएको अनुमान गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *