भारतमा लगातार बढ्दै कोरोनाको संक्रमण, संक्रमितको संख्या ३४ पुग्यो

डिसी नेपाल
२४ फागुन २०७६ १९:२८
4
Shares

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको घातक कोरोना भाइरसको चपेटामा दक्षिण छिमेकी भारत पनि पर्दै गएको छ। भारतमा शनिबार बेलुकासम्म कोरोना भाइरस संक्रमितको संख्या ३४ पुगेको छ।

भारतमा पछिल्लो पटक ओमानबाट आएका र इरानबाट आएका व्यक्ति कोरोना संक्रमित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतमा पहिलो पटक केरलमा राज्यमा कोरोना देखिएको थियो।, त्यसपछि दिल्ली, उत्तरप्रदेश, तेलंगना, जम्मु कश्मीरलगायतका राज्यमा कोरोनाका संक्रमित फेला परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि शनिबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै कोरोनाबाट बच्न व्यक्तिगत सरसफाइमा ध्यान दिन जोड दिएका छन्। उनले भारतीय चिकित्सकहरु सक्षम रहेको भनदै उनले धेरै भीडभाडमा नजान भनेका छन् भने मास्क र ग्लोभ्स लगाउन भनेका छन्। कोरोनाको शंका लागेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जान उले अपील गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *