महिला दिवसका अवसरमा मुख्यमन्त्री गुरुङद्वारा शुभकामना व्यक्त
फाइल फाेटाे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ मनाउन लागिएको ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा शुभकामना दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी शुभकामना सन्देशमा मुख्यमन्त्री गुरुङले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख, शान्ति एवं समृद्धिको कामना गरेका हुन् ।
सन्देशमा महिलाको हकअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको स्मरण गरिएको छ।
वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक एवं सबै प्रकारका शोषण, उत्पीडन र विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प रहेको र यसका लागि संवैधानिक र कानूनीरूपमा प्राप्त महिला अधिकारलाई पूर्ण कार्यान्वयन गर्दै थप अगाडि बढ्नु आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ।
उनले वर्तमान परिवेशमा देखिएको नोबल कोरोना भाइरसको सङ्क्रमणले विश्व समुदायलाई नै गम्भीररूपमा प्रभावित गरिरहेकाले कार्यक्रम गर्दा स्वास्थ्यलाई प्राथमिकतमा राखेर त्यसबाट जोगिने उपायका सम्बन्धमा सचेत हुनसमेत आग्रह गरेका छन् । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment